काठमाडौं- प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र पाकिस्तानका राजदूत मजहर जाभेदबीच भेटवार्ता भएको छ।
सैनिक जनसम्पर्क निर्देशनालय जङ्गी अड्डामा बिदाइ भेटवार्ता भएको हो।
जाभेद कार्यकाल समाप्त गरी स्वदेश फर्कने क्रममा उनले भेट गरेका हुन्। उनीहरुबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ।
मित्र राष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने भेटवार्ताले दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको जनाएको छ।