काठमाडौं– सत्तारुढ नेकपा सचिवालयका नवैजना सदस्य सांसद भएका छन्।
उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा मनोनीत भएपछि सचिवालयका सबै नेता सांसद भएका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपतिले सांसदमा मनोनित गरेपछि गौतमले आजै शपथग्रहण गरेका हुन्।
उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सांसद थिएनन्।
श्रेष्ठ माघमै राष्ट्रिय सभामा निर्वाचित भइसकेका थिए। आठ महिनापछि गौतम पनि संघीय सांसद भएका हुन्। अब नेकपाको सचिवालयमा ६ जना प्रतिनिधिसभाका र ३ जना राष्ट्रियसभाका सांसद भएका छन्।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रतिनिधिसभाका सांसद हुन्।
गृहमन्त्री रामबहादुर थापा भने राष्ट्रिय सभाका सांसद हुन्।
प्रतिनिधिसभा निर्वाचनमा पराजित उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठलाई त्यसपछि नेकपाले राष्ट्रिय सभामा लगेको हो। प्रतिनिधिसभा सदस्यका लागि गौतमले बर्दियाबाट र श्रेष्ठले गोरखाबाट प्रतिस्पर्धा गरेका थिए।
