शुक्रबार, भदौ १२, २०८३

पोखरामा ४० प्रहरीसहित ६६ जनामा काेराेना पुष्टि

कास्कीको पोखरा महानगरपालिका ६६ जना कोरोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

पोखरा- कास्कीको पोखरा महानगरपालिका ६६ जना कोरोना संक्रमित थपिएका छन्।

आज (बिहीबार) कास्कीको पोखरा महानगरका विभिन्न वडामा ६६ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

पोखरामा थपिएका संक्रमितमध्ये ३९ पुरुष र १ महिला नेपाल प्रहरीमा कार्यरत छन्।

त्यस्तै लमजुङमा ५ जना संक्रमित थपिएका छन्। थपिएका सबै संक्रमित बेशिसहरका हुन्।

त्यस्तै तनहुँमा ३ जना संक्रमित थपिएको निर्देशनालयले जानकारी दिएको छ।

आज थपिएका ७४ जनासहित गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३ हजार २८० पुगेको छ।

प्रकाशित: Sep 17, 2020| 16:50 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।