काठमाडौं– आज बिहीबार देशभर थपिएका कोरोना संक्रमितमध्ये करिब आधा काठमाडौं उपत्यकाका छन्।
देशभर १२ सय ४६ जना संक्रमित थपिएकोमा ६१८ जना काठमाडौं उपत्यकाका छन्।
आज काठमाडौंका ५०७, ललितपुरका ६१ र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको छ।
केही सातायता काठमाडौंमा संक्रमण दर उच्च छ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। आज मृत्यु हुनेमा काठमाडौंका एक जना छन्।
योसँगै मृतकको कुल संख्या ३८३ पुगेको छ।
पछिल्लो एक महिनादेखि हरेक दिन कोरोना संक्रमितको मुत्यु भइरहेको छ।
पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो।
