शुक्रबार, भदौ १२, २०८३

काठमाडौंमा ५ सयभन्दा बढी संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं– आज बिहीबार काठमाडौंमा ५०७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

त्यसैगरी आज ललितपुरमा ६१ जना र भक्तपुरमा ५० जना संक्रमित थपिएका छन्।

केही सातायता काठमाडौंमा संक्रमण दर उच्च छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ।

आज देशभर १० हजार ६४१ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा ८ लाख ८२ हजार ९१५ जनाको पीसीआर परीक्षण भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ छ। जसमध्ये ७ हजार ९०३ जना संस्थागत आइसोलेसनमा र ८ हजार ३३८ जना होम आइसोलेसनमा जना छन्।

आज १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कुल संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ।

प्रकाशित: Sep 17, 2020| 16:31 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।