काठमाडौं– नेपालमा कोरोना भाइरसबाट ४२ हजार ९४९ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७२ प्रतिशत हो।
नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको छ।
यस्तै सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज थप १ हजार २४६ जनामा संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा एक हजार २४३ जना निको भएका छन्।
आजसम्म प्रदेश १ मा तीन हजार ७७१, प्रदेश २ मा ११ हजार ७१७, बागमतीमा आठ हजार नौ हजार ४११ जना संक्रमणमुक्त भएका छन्।
गण्डकीमा दुई हजार ४६६, प्रदेश पाँचमा ६ हजार ८७१, कर्णालीमा दुई हजार ६०८ र सुदूरपश्चिममा ६ हजार १०५ जना कोरोनामुक्त भएका छन्।
