काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ।
आज नेपाल १० हजार ६४१ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा ८ लाख ८२ हजार ९१५ जनाको पीसीआर परीक्षण भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। काेराेना संक्रमणबाट नेपालमा अहिलेसम्म ३८३ जनाकाे मृत्यु भइसकेकाे मन्त्रालयले जनाएकाे छ।
आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ। जसमध्ये ७ हजार ९०३ जना संस्थागत आइसोलेसनमा र ८ हजार ३३८ जना होम आइसोलेसनमा जना छन्।
आज १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कुल संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ९४९ रहेको छ।
