शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा ट्राफिक प्रहरीको अभियान : तपाईंको मास्क खोई?

कर्णालीमा ट्राफिक प्रहरीको अभियान : तपाईंको मास्क खोई?

लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोई ?’ अभियान शुरु गरेको छ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

सुर्खेत– लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोई ?’ अभियान शुरु गरेको छ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोष्टमा यात्रुले मास्क लगाए/नलगाएको निगरानी गर्न यस्तो अभियान सञ्चालन गरेको हो।

जिल्ला ट्राफिक प्रहरी प्रमुख उदयसिं सिंजापतिले कोरोना भाइरसको महामारीबाट जोगिन अभियान शुरु गरिएको बताए। ‘मास्क, पञ्जा र सेनिटाइजरको प्रयोगले कोरोनाबाट बच्न मद्दत पुर्‍याउँछ,’ उनले भने, ‘मास्क नहुने यात्रुलाई दिएका पनि छौं।’

लापरबाही गर्ने बानीले सबैलाई जोखिममा पार्ने हुँदा स्वास्थ्य सुरक्षाप्रति सर्तक रहन अभियान चलाएको उनको भनाइ छ।

बसपार्कमा ट्राफिक प्रहरी ‘तपाईंको मास्क खोई ?’ लेखेको प्लाकार्ड बोकेर बसिरहेका छन्।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा प्रदेशका सबै जिल्लामा यो अभियान लागू गरिएको बताइएको छ।

अभियानको पहिलो दिन आज सुर्खेतमा ट्राफिक प्रहरीले २०० थान मास्क र १०० थान पञ्जा वितरण गरेको छ।

- रासस

प्रकाशित: Sep 17, 2020| 15:45 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।