शुक्रबार, भदौ १२, २०८३

वामदेव गौतम राष्ट्रिय सभामा मनोनीत

राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गरेकी छन्।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं– राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गरेकी छन्।

बिहीबार राष्ट्रपतिले गौतमलाई मनोनीत गरेको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको सदस्य पदमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसपत्र पुगेपछि उनलाई राष्ट्रपतिले नियुक्त गरेकी हुन्।

राष्ट्रिय सभामा एकजना महिलासहित तीनजना सदस्य राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ।

२०७४ मा भएको प्रनितिधिसभाको निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका थिए। लामो समयदेखि गौतम संघीय संसदको सदस्य हुन प्रयासरत थिए।

प्रकाशित: Sep 17, 2020| 14:09 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।