शुक्रबार, भदौ १२, २०८३

डलर साटिदिने बहानामा ५ लाख रुपैयाँ ठगी

डलर साट्ना खोज्दा काठमाडौंका एक युवकको ५ लाख रुपैयाँ ठगिएको छ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं– डलर साट्ना खोज्दा काठमाडौंका एक युवकको ५ लाख रुपैयाँ ठगिएको छ। काठमाडौं तार्केश्वर नगरपालिका–७ फुटुङ बस्ने २८ वर्षीय युवकको ५ लाख रुपैयाँ ठगी भएको हो।

ती युवकलाई सोमबारदेखि चिनजानको साथी हौं भन्दै अपरिचितले फोन गरेर डलर साट्न बोलाएर ठगी गरेको खुलेको छ।

डलर लिएर कपडाको टुक्रामा सेतो धर्के कागज पोको पारी दिएर ३ जना अपरिचित व्यक्तिहरु रकम लिएर फरार भएको प्रहरीले जनाएको छ।

फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

 

प्रकाशित: Sep 17, 2020| 13:10 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।