शुक्रबार, भदौ १२, २०८३

पर्वतमा सात बस्ती स्थानान्तरण गर्न सिफारिस

पहिरोको जोखिममा परेका पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

पर्वत– पहिरोको जोखिममा परेका पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिले बस्ती स्थानान्तरण गर्न संघ र प्रदेश सरकारसमक्ष सिफारिस गरेको हो।

वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्या देखिएकोले सात वटा बस्तीका झण्डै १०० घरपरिवार जोखिममा परेको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए।

समितिका अनुसार वडा नं ४ मुडिकुवाको चुरी, वडा नंं १० कुर्घाको फल्ला, वडा नं २ थापाठानाको दरदरे, वडा नं ३ शङ्करपोखरीको पुर्कोट, सोही वडाको रुग्दी र वडा नं ६ देवीस्थानको राहले बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ।

सबैभन्दा बढी कुर्घामा २५ घर र चुरीमा २० घर जोखिममा छन्।

सिफारिस पठाए पनि नगरबाट सम्बोधन हुनसक्ने ठाउँमा भने नगरले नै योजना बनाएर पुनःस्थापनाका कार्य अघि बढाउने शर्माले बताए।

–रासस

प्रकाशित: Sep 17, 2020| 12:46 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।