बिहीबार, भदौ २५, २०८३

तोलामा ९ सय घट्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९६ हजार ६०० मा कारोबार भइरहेको छ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं– बिहीबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९६ हजार ६०० मा कारोबार भइरहेको छ।

बुधबार ९७ हजार ५०० मा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य पनि ९ सय रुपैयाँ ओरालो लागेको छ। बुधबार ९७ हजारमा कारोबार भएको तेजाबी सुन आज ९६ हजार १०० कायम भएको छ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ कम भएको छ। आज एक हजार ३२० मा कायम भएको छ भने बुधबार एक हजार ३४० मा कारोबार भएको थियो।

प्रकाशित: Sep 17, 2020| 11:28 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्