शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वाग्मती सरकारले धुर्मुस-सुन्तली फाउन्डेशनलाई तीन करोड दिने

वाग्मती सरकारले धुर्मुस-सुन्तली फाउन्डेशनलाई तीन करोड दिने

वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेशनलाई रु. तीन करोड दिने निर्णय गरेको छ ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेशनलाई रु. तीन करोड दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७/०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो।

कोभिड –१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिए।

आजको मन्त्रिपरिषद् बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र सञ्चालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली र प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले जानकारी दिए।

प्रकाशित: Sep 16, 2020| 23:27 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।