शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकाभित्र पसल सधैं खोल्न पाइने, सवारीसाधनमा जोरबिजोर कायमै

उपत्यकाभित्र पसल सधैं खोल्न पाइने, सवारीसाधनमा जोरबिजोर कायमै

उपत्यकाभित्रका तीन जिल्लामा बारअनुसार पसल खोल्ने व्यवस्था हटेको छ। 
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– उपत्यकाभित्रका तीन जिल्लामा बारअनुसार पसल खोल्ने व्यवस्था हटेको छ। 

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले व्यवसाय खोल्न पाइने व्यवस्था १ असोज, बिहीबारदेखि लागू हुने निर्णय गरेको हो।

बैठकले अर्को आदेश नभएसम्म यातायातमा जोरबिजोर प्रणाली भने कायम राख्ने निर्णय गरेको छ। अत्यावश्यक सेवा र सबै प्रकारका ढुवानीका साधनको हकमा जोरबिजोर प्रणाली लागू हुने छैन।

बिहीबारदेखि होटल, रेष्टुरेन्ट पनि सञ्चालन गर्न पाइने छ। यसअघि ‘टेक अवे’ सुविधा मात्रै दिन पाउँथे।

भेला, भीडभाड, सभा जुलुस, जात्रा, महोत्सव, भोजभतेरमा भने रोक लगाइएको छ।

त्यस्तै, मठमन्दिर, मस्जिद, चर्चलगायतका परम्परागत धार्मिक तथा साँस्कृतिक स्थलमा दैनिक नित्य पूजाबाहेक अन्य गतिविधि र भीडभाड गर्न पाइने छैन।

शैक्षिक संस्था तथा परीक्षा सञ्चालन गर्न पनि निषेध गरिएको छ।

सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, मनोरञ्जन स्थल, स्पा, सैलुन, ब्यूटीपार्लर, स्विमिङ पुल, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेलकुद पनि सञ्चालन हुने छैनन्।

प्रदर्शनी, पुस्तकालय, संग्रहालय, चिडियाखानालगायतमा हुने क्रियाकलाप सञ्चालनमा पनि निषेध आदेश कायमै छ।

प्रकाशित: Sep 16, 2020| 20:55 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।