धनगढी- सेती प्रादेशिक अस्पताल कैलालीमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।
धनगढी उप-महानगरपालिका-५ की ५७ वर्षीया संक्रमित महिलाको आज (बुधबार) साँझ ५ बजेतिर मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
सूचना अधिकारी श्रेष्ठका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो। कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो।
उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो। संक्रमितको प्लाज्मा थेरापीमार्फत् समेत उपचार गरिएको र रेमडेसिविर औषधिको पनि प्रयोग गरिएको अस्पतालले जनाएको छ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।
