काठमाडौं- नेपालमा बुधबारसम्म काेराेना भाइरस सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे विवरणअनुसार प्रदेश १ मा १ हजार ५१७, प्रदेश २ मा २ हजार १७८, बागमतीमा ८ हजार १५२, गण्डकीमा ९८२, प्रदेश ५ मा १ हजार ९००, कर्णलीमा ४२६ र सुदूरपश्चिममा ५७६ जना सक्रिय संक्रमित छन्।
त्यस्तै ७१ प्रतिशतभन्दा बढी संक्रमित संक्रमणमुक्त भइसकेका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ७१.५ प्रतिशत संक्रमणमुक्त भएका छन्।
संक्रमितको कुल संख्या ५८ हजार ३२७ भएकोमा ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन्। न्त्रालयको तथ्यांकअनुसार प्रदेश १ मा ३ हजार ५५७, प्रदेश २ मा ११ हजार ३५७, बागमतीमा ८ हजार ८६४ जना संक्रमणमुक्त भएका छन्।
गण्डकीमा २ हजार ४११, प्रदेश ५ मा ६ हजार ७६४, कर्णालीमा २ हजार ५९० र सुदूरपश्चिममा ६ हजार ६३ जना कोरोनामुक्त भएका छन्।
त्यस्तै मृत्यु हुनेको संख्या ३७९ छ। जुन ०.६ प्रतिशत हो। प्रदेश १ मा ३९, प्रदेश २ मा ११८, बागमतीमा १२८, गण्डकीमा २६, प्रदेश ५ मा ४३, कर्णालीमा ५ र सुदूरपश्चिममा १० जनाकाे मृत्यु भएकाे छ।
कुन जिल्लामा कति सक्रिय संक्रमित छन्?
प्रदेश १
झापा : १३७
मोरङ : ६७०
सुनसरी : ५४४
इलाम :५
धनकुटा : १०
संखुवासभा : ४१
उदयपुर : २०
तेह्रथुम : ३
पाँचथर : १२
ताप्लेजुङ : २
भोजपुर : १६
खोटाङ : ६
सोलुखुम्बु : ०
ओखलढुंगा : ५१
प्रदेश २
सप्तरी : २२०
सिरहा : ४४०
धनुषा : २९६
महोत्तरी : १३१
सर्लाही : ४३८
रौतहट : १८६
बारा : २६८
पर्सा : १९९
बागमती प्रदेश
सिन्धुली : १५
रामेछाप : ४७
दोलखा : ३५
सिन्धुपाल्चोक : १८
नुवाकोट : ३८
रसुवा : १
धादिङ : १०८
चितवन : ५८४
मकवानपुर : ५३६
काभ्रेपलाञ्चोक : १३४
काठमाडौं : ५६०५
भक्तपुर : ५५७
ललितपुर : ४७४
गण्डकी प्रदेश
गोरखा : १२३
लमजुङ : १३२
कास्की : ३१३
तनहुँ : ७७
स्याङ्जा : ७३
नवलपरासी पूर्व : २२६
बाग्लुङ : २८
पर्वत : ९
मनाङ : १
प्रदेश नं ५
नवलपरासी पश्चिम : ४९
पाल्पा : १०८
रुपन्देही : ६९२
गुल्मी : ६०
अर्घाखाँची : १९
कपिलवस्तु : १४७
प्युठान : २४
दाङ : २४६
रोल्पा : १७
बाँके : ३४३
रुकुमपूर्व : १५
बर्दिया : १८०
कर्णाली प्रदेश
रुकुमपश्चिम : ७
सल्यान : ४८
सुर्खेत : २३२
जाजरकोट : १४
दैलेख : १९
कालिकोट : २६
जुम्ला : ८०
सुदूरपश्चिम प्रदेश
कैलाली : ३६०
कञ्चनपुर : ६१
अछाम : २४
डोटी : १३
डडेलधुरा : १०
बैतडी : ३८
बाजुरा : २
बझाङ : ५७
दार्चुला : ११
