शुक्रबार, भदौ १२, २०८३

भूकम्पले बागलुुङ र लमजुङमा घर भत्किए

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज बुधबार बिहान गएको भूकम्पका कारण बागलुङ र लमजुङमा घर भत्केका छन्।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

पोखरा– सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज बुधबार बिहान गएको भूकम्पका कारण बागलुङ र लमजुङमा घर भत्केका छन्।

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार बागलुङ नगरपालिका ६ भीरलाँकुरीमा दुर्गाबहादुर सुवेदीको २ तले घर भत्केको हो। ढुंगामाटोले बनेको, टिनको छानो भएको उक्त घर भत्केर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ। घर बस्नै नहुने गरी भत्के पनि मानवीय क्षति भएको छैन।

त्यस्तै लमजुङ बेसीसहर नगरपालिका ११ तिवारीडाँडामा अम्बिका तिवारीको घर भूकम्पले भत्काएको छ। ढुंगा–माटोले बन्नेको २ तले कच्ची भत्किएको र मानवीय क्षति प्रहरीले जनाएको छ ।

पोखरामा चट्याङले घर जल्यो

बुधबार दिउँसो पोखरा महानगरपालिका २७ को घर्तीथरमा चट्याङपछि बिजुलीको लाइन सर्ट हुँदा घरमा आगो लागेको छ।

दिउँसो १ बजेतिर स्थानीय लक्ष्मी भुजेलको घरको मिटर बक्समा चट्याङपछि आगलागी हुँदा घरमा रहेको सिरक डसना, लत्ता कपडा जलेर क्षति भएको प्रदेश प्रहरीका डीएसपी राजेन्द्रबाबु रेग्मीले बताए । चट्याङले ट्वाइलेटमा समेत क्षति पुर्याएको छ ।

प्रकाशित: Sep 16, 2020| 18:48 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।