शुक्रबार, भदौ १२, २०८३

सरकारले मास्क किन्दा पनि भ्रष्टाचार गर्‍यो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मास्क खरिदमा पनि भ्रष्टाचार गरेको बताएका छन्।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मास्क खरिदमा पनि भ्रष्टाचार गरेको बताएका छन्।

नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिले साताव्यापी कार्यक्रम अन्तर्गत प्रदेश नम्बर ५ का नेता कार्यकर्ताहरुसँग गरेको भर्चुअल बैठकमा बोल्दै देउवाले सरकारलाई कोभिड–१९ रोकथाम र नियन्त्रणमा कुनै मतलब नभएको बताए।

‘सरकारलाई मतलब छैन। पीसीआर परीक्षण गरेको छैन। कोभिडमा सबैभन्दा बढी भ्रष्टाचार भएको छ,’ उनले भने, ‘औषधी, उपकरण खरिददेखि दिएर मास्क किन्ने काममा पनि भ्रष्टाचार भएको छ।’

उनले सरकारले सातवटै प्रदेशमा कोभिड अस्पताल स्थापना गर्नुपर्ने र त्यसका लागि आवाज उठाउनुपर्ने बताए। ‘अहिलेको कोभिड डरलाग्दो रुपले आएको छ। सरकारले गर्नुपर्ने केही गरेको छैन,’ उनले भने,‘ कोरोना कहिल कहाँ हुन्छ, कसैलाई थाहा हुँदैन। सबैले सचेत हुनुपर्ने छ।’

उनले पार्टीका नेता कार्यकर्ताहरुलाई आफू पनि सचेत रहन र देशभर जनतालाई पनि सचेत गराउन निर्देशन दिए। ‘साबुन पानीले हात धुने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने विषयमा जनतालाई सचेत गराउनुहोस्,’ उनले भने।

फरक प्रसंगमा देउवाले आफू विधान भन्दा बाहिर जान नसक्ने भन्दै पार्टीको महाधिवेशन समयमा नै हुने बताए।

प्रकाशित: Sep 16, 2020| 18:32 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।