शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेयर शाक्यले सोल्टी होटेलमा गरेको खर्च विवरण सार्वजनिक गर्न माग

मेयर शाक्यले सोल्टी होटेलमा गरेको खर्च विवरण सार्वजनिक गर्न माग

विवेकशील नेपाली दलले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोल्टी होटेल (आइसोलेसन) मा बस्दा गरेको खर्च विवरण माग गरेको छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– विवेकशील नेपाली दलले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोल्टी होटेल (आइसोलेसन) मा बस्दा गरेको खर्च विवरण माग गरेको छ।
दलले पाँचतारे होटेलको आइसोलेसनमा शाक्यबाट भएको खर्च र महानगरले कोभिड–१९ रोकथामका लागि भएको खर्च विवरण मागेको हो।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर प्रमुखकी प्रत्यासी एवं दलकी नेतृ रञ्जु दर्शनाले सूचनाको हकबमोजिम निवेदन दर्ता गराएकी छन्।
दर्शनासँगै दलका संघीय समिति सदस्यहरू रजिया बानु र प्रमेश श्रेष्ठले शाक्यको सूचनाको हक सम्बन्धिको निवेदनमार्फत दर्ता गर्न महानगरपालिका कार्यालय पुगेका थिए।
दलका नेताले कोभिड संक्रमण नियन्त्रण गर्न असक्षम रहेको र पारदर्शिता कायम नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।
नेतृ दर्शनाले भनिन्, ‘नागरिकको जिउधनको रक्षा गर्न असक्षम मात्र होइन् महानगरका गतिविधहरुमा पारदर्शिता कायम नभएकोमा समेत हामीले महानगरको ध्यानाकर्षण गरायौं।’

प्रकाशित: Sep 16, 2020| 18:12 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।