काठमाडौं– आज बुधबार काठमाडौंमा ६५२ जना कोरोना संक्रमित थपिएका छन्।
त्यसैगरी ललितपुरमा ६० जना र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन्।
पछिल्ला केही साता कोरोना संक्रमणको केन्द्र काठमाडौं बन्दै गएको छ।
हिजो काठमाडौंमा ५५५ जना, ललितपुरमा ३५ जना र भक्तपुरमा ८६ जना संक्रमित थपिएका थिए।
आजको दिनमा हाल देशभर १६ हजार २४२ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ।
१७३ जना संक्रमित आईसीयूमा छन् भने भेन्टिलेटरमा २६ जना छन्।
पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनाको पीसीआर परीक्षण गर्दा १५ सय ३९ जना संक्रमित थपिएका छन्। १ हजार ६८ जना संक्रमणमुक्त भएका छन्।
