शुक्रबार, भदौ १२, २०८३

कुलमानको पक्षमा सडकमा जुलुस, पुन:नियुक्तिको माग

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नु पर्ने माग गर्दै काठमाडौंका सडकमा सर्वसाधरणले प्रदर्शन गरेका छन् ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं- कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नु पर्ने माग गर्दै काठमाडौंका सडकमा सर्वसाधरणले प्रदर्शन गरेका छन् ।

काठमाडौंको नयाँ बसपार्कस्थित माछापोखरीमा सर्वसाधरण युवाहरुले स्वस्फूर्त रुपमा शान्तिपुर्ण प्रदर्शन गरेका हुन् ।

सडकमा उत्रिएर प्रदर्शन गरेका युवाहरुले देशको अन्धकार हटाउने ब्यक्तिलाई फालेर अन्य ब्यक्ति नियुक्त गर्न लागिएको भन्दै आक्रोश पोखेका छन् ।

उनीहरुले हाम्रोलाई हैन राम्रोलाई नियुक्ति गर।’ ‘उज्यालो नेपालको नायक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

दैनिक १८ घण्टाको लोडसेडिङ घटाएको, पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको, घाटामा रहेको प्राधिकरणलाई चार वर्षमै ११ अर्ब रुपैयाँ नाफामा लगेको लगायतका सफलताका कारण सर्वसाधारणले प्राधिकरणमा फेरि पनि घिसिङलाई नै दोहोर्‍याउन माग गरेका छन् ।

आफ्नो चारवर्षे कार्यकाल पुरा गरेर घिसिङ आइतबार बिदा भएका थिए । उनको बिदाइ भने मंगलबार मात्रै गरिएको थियो ।

उनलाई पुनः नियुक्त गर्ने विषयमा प्रधानमन्त्री ओलीले अनिच्छा देखाएका छन् भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः नियुक्त गर्न आग्रह गर्दै आएका छन् ।

प्रकाशित: Sep 16, 2020| 10:58 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।