शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री गुरुङले भनेः आर्थिक रूपले सवल नबनाई दलितमुक्ति सम्भव छैन

मन्त्री गुरुङले भनेः आर्थिक रूपले सवल नबनाई दलितमुक्ति सम्भव छैन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दलितमुक्ति आन्दोलन सफल बनाउन उनीहरुको आर्थिक सशक्तिकरण हुनुपर्ने बताएका छन ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दलितमुक्ति आन्दोलन सफल बनाउन उनीहरुको आर्थिक सशक्तिकरण हुनुपर्ने बताएका छन ।

दलित सेवा संघको २६ औं स्थापना दिवसको अवसरमा आयोजित ‘भर्चुअल’ बैठकमा बोल्दै उनले दूर्गम क्षेत्रका अशिक्षित, गरिब दलितहरूलाई आर्थिक रूपले शसक्त नबनाई उनीहरूको मुक्ति सम्भव नहुने स्पष्ट पारे।

‘पिल्सिएर बसेका दलित, जनजाति, महिला समाजमाको मुक्तिका लागि आर्थिक सशक्तिकरणमा जोड दिनुको विकल्प छैन,’ उनले भने।

मुक्ति आन्दोलनलाई सफल बनाउन एकतावद्ध भएर अघि बढन पनि दलित समुदायका अगुवाहरूलाई उनले आग्रह गरे।

राजनीतिक परिवर्तन भयो तर अझै पनि सामाजिक रुपान्तरण किन भएन ? समाजमा विभेदहरूको अन्त्य किन भएन, सामाजिक कुरीति र अन्धविश्वासको किन अन्त्य भएन ? त्यसका कारणहरूको खोजी गरेर मात्रै दलितमुक्ति आन्दोलनलाई सफल बनाउन सकिने मन्त्री गुरुङको भनाइ छ।

उनले सामाजिक रुपान्तरणको माध्यामबाट ओझेलमा परेका दलितहरूको मुक्तिका लागि सरकार लागि परेको दावीसमेत गरे ।

प्रकाशित: Sep 16, 2020| 09:36 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।