शुक्रबार, भदौ १२, २०८३

फेरि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

चितवन- पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा आज बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भए पनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङको भनाइ छ । पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङले बताए ।

“खासै धेरै लेदो झरेको छैन तर झर्ने क्रम रोकिएको पनि छैन”, तामाङले भने, “हटाउन शुरु गरेको दुई घण्टामा लेदो हटाएर सकिन्छ ।”

निरन्तर पानी परिरहेकाले सो सडकखण्ड पटकपटक अवरुद्ध भइरहेको छ । मंगलबार पनि करि बिहानभरी यो सडक अवरुद्ध भएको थियो ।

प्रकाशित: Sep 16, 2020| 09:40 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।