शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हुम्लामा अज्ञात रोगका बिरामीको सङ्ख्या बढ्दै, स्वास्थ्य संस्थामा औषधि छैन

हुम्लामा अज्ञात रोगका बिरामीको सङ्ख्या बढ्दै, स्वास्थ्य संस्थामा औषधि छैन

जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

हुम्ला–जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिएका छन ।

गाउँमा हरेक दिन बिरामीको सङ्ख्या बढ्दै गएको छ । अहिलेसम्म त्यस्तो लक्षणका बिरामीको संख्या करिब २० जना पुगको छ । उपचारका लागि स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा जाँदा औषधिको अभाव भएपछि थप समस्या भएको कार्कीले गुनासो गरे ।

गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि नगएपछि बिरामीलाई थप समस्या भएको हो । थप उपचारका लागि एक बिरामीलाई गत साता जिल्ला अस्पताल सिमकोट ल्याइएको भए पनि उनको ज्यान गएको थियो ।

त्यसले गाउँमा झन त्रास थपेको छ । स्थानीयवासीले स्वास्थ्यकर्मीको टोली खटाइ दिन सरकारसँग आग्रह गरेका छन् ।

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरुले समन्वय नगरेका कारण औषधि भए नभएको थाहा नहुने स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए । उनापनीका बिरामी र स्वास्थ्य इकाइमा औषधिको अवस्था बुझेर आवश्यक कदम चाल्ने उनले बताए ।

सर्केगाड गाउँपालिका स्वास्थ्य शाखामा औषधि अभाव भएका कारण स्वास्थ्य संस्थाहरुमा समेत अभाव देखिएको संयोजक सन्तोष धामीले बताए ।

– रासस

प्रकाशित: Sep 16, 2020| 09:21 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।