काठमाडौं– कोरोना संक्रमणबाट धरानमा दुई पुरुषको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जनाको मृत्यु भएको हो ।
उपचारका क्रममा सप्तरीका ३५ वर्षीय युवाको बुधबार विहान सवा ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृगौलाको समस्या भएर एक वर्षदेखि डायलासिस गराइरहेका उनलाई उच्च रक्तचापको समस्या पनि रहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।
राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा कोरोना परीक्षण गराउँदा सप्तरीको खडक नगरापालिका ३ का तीं युवालाई भदौ २८ गते कारोना पोजेटिभ देखिएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई धरानस्थित प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका लागि रेफर गरिएको थियो । उनी मंगलबार विहान भर्ना भएका थिए ।
त्यस्तै प्रतिष्ठानमै उपचाररत सुनसरीको धरान उपमहानगरपालिका १७ का ७० वर्षीय पुरुषको राती साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उपचारत उनलाई २८ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
