काठमाडौं– बुधबार विहान देशभर समान्य बदली रही केही स्थानमा हल्का र केही स्थानमा भारी वर्षा भइरहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङ्गसहित वर्षा भइरहेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आगामी २४ घन्टामा प्रदेश नम्बर १, २, ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि महाशाखाले अनुमान गरेको छ ।
तीं स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरको छ ।
आगामी तीन दिनको मौसम
भाद्र ३१ गते
दिउँसोः देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातीः देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज १ गते
दिउँसोः देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ तथा प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातीः देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज २ गते
दिउँसोः देशभर सामान्यतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातीः देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
