काठमाडौं- काठमाडौं उपत्यकामा भूकम्पको ठूलो धक्का महशुस गरिएको छ । बिहान ५ः१९ बजे भूकम्प गएको हो ।
सिन्धुपाल्चोककाे राम्चेलाई केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यूएसएसजीले भने सिन्धुपाल्चोकको कोदारीबाट १० किमी पूर्वोत्तर तिब्बती भूभागमा केन्द्रबिन्दू भएर ५.५ म्याग्नीच्यूडको भूकम्प गएको उल्लेख गरेको छ । २ किमी डेप्थबाट भूकम्प गएको उसले जनाएको छ ।
भूकम्पको धक्का सिन्धुपाल्चोक, देलखा, नुवाकोट, काठमाडौं उपत्यका, मकवानपुरलगायतका जिल्लामा महशुस गरिएको थियो । बिहानीपख गएको भूकम्पका कारण कयौं ब्यक्ति घरबाहिर निस्किएका थिए ।
