काठमाडौं- सरकारले आगामी कात्तिक १ गतेदेखि हिमाल आरोहण र पदयात्राका लागि नेपाल आउने विदेशी पर्यटकलाई आवागमन खुला गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्दै उक्त प्रयोजनका लागि नेपाल आउन चाहने पर्यटकलाई आवागमन खुला गर्ने निर्णय गरेको सरकारका नवनियुक्त प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
नेपाल आउन चाहने विदेशी पर्यटकले सम्बन्धित देशमा रहेका नेपाली दूतावाससँग समन्वय गर्नु पर्नेछ।
त्यस्तै सरकारले असोज १ गतेदेखि होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा यससँग सम्बधित व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ।
