शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त

सरकारले डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं- सरकारले डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

खतिवडाले मन्त्रीस्तरीय सुविधा पाउनेछन्।

राष्ट्रियसभामा मनोनयन नहुने भएपछि खतिवडाले ११ भदौमा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रधानमन्त्री केपी ओलीले खतिवडालाई अर्थमन्त्रीमा कायम राख्ने चाहे पनि पार्टीभित्रैबाट विरोध भएपछि उनले खतिवडालाई राष्ट्रिय सभामा मनोनित गर्न सकेका थिएनन्। खतिवडा अर्थमन्त्रीमा बहाल रहिरहन उनी राष्ट्रिय सभा सदस्य हुनु जरुरी थियो।

अहिले अर्थमन्त्रालय आफैं मातहत राखेका प्रधानमन्त्रीले खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेर परोक्ष रुपमा अर्थमन्त्रालयको जिम्मेवारी उनैलाई दिन खोजेको देखिएको छ। 

प्रकाशित: Sep 15, 2020| 18:29 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।