शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको कामले गति लियो : सेना

काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको कामले गति लियो : सेना

काठमाडौं– काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको कामले गति लिन थालेको छ। राष्ट्रिय गौरवको आयोजनाको निर्माणाधीन सडकको कामले गति लिएको नेपाली सेनाले जनाएको छ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं– काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको कामले गति लिन थालेको छ। राष्ट्रिय गौरवको आयोजनाको निर्माणाधीन सडकको कामले गति लिएको नेपाली सेनाले जनाएको छ।

समय सिमाभित्रमा सम्पन्न गर्ने गरी काम अघि बढेको सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर जानकारी गराएको हो। अन्तर्राष्ट्रिय परामर्शदाताको टीम लिडर नेपाल आएर स्थानीय विषय विज्ञहरुसमेतको टोलीले आयोजनाको फिल्ड सर्भेको काम सुचारु गरिएको छ।

यद्यपी विश्व महामारीका कारण पुरै टीम परिचालनमा वाधा परेको जनाइएको छ। सुरुङ्ग मार्ग निर्माणको भौगोलिक सर्भे सम्पन्न गरेर प्रतिवेदनको काम भइरहेको छ।

महादेवटार, धेद्रे र लेनडाँडामा आवश्यक ड्रिलिङ गर्ने काम अघि बढेको छ। पहुँच मार्ग तथा बेलीबृज निर्माण, सुरुङ्ग मार्ग निर्माण कार्यको लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोट गर्न प्रिक्वालिफिकेशन आह्वान गरिएकोमा आज प्रिबिड बैठक सम्पन्न भएको छ।

आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भई स्वीकृत भइसकेको छ। हाल आयोजनामा पर्ने सुरुङ्ग मार्ग र पुल निर्माण सम्बन्धमा आवश्यक पर्ने इआईएको लागि पूर्व तयारीको कार्य भइरहेको छ।

नेपाली सेनाका अनुसार चार किलोमिटर क्षेत्रमा ढुङ्गामाटो भरान कार्य सम्पन्न गर्नका लागि राष्ट्रिय प्रतिस्पर्धाबाट १२ वटा प्याकेजमा कार्य अघि बढाइएको छ।

त्यस्तै एक हजार १५० वटा रुख छपान र कटान गर्नुपर्नेमा वर्षाका कारण व्यवधान आएकोले वर्षा बन्द हुनासाथ शुरू गरिने योजना गरिएको छ।
सेनाले हालसम्म सो क्षेत्रमा एक लाख ७ हजार ११८ बिरुवा रोपिसकेको छ। आयोजना क्षेत्रमा पर्ने जग्गाका सम्बन्धमा मकवानपुर जिल्ला अन्तर्गतको ९९ रोपनी जग्गाको पुर्जा तयार भएको र मुआब्जा वितरणको प्रक्रिया अघि बढाइएको छ।

खोकना ईलाकाको हकमा सम्बन्धित निकायमार्फत् आवश्यक पहल भइरहेको नेपाली सेनाले जनाएको छ।

 

 

प्रकाशित: Sep 15, 2020| 17:52 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।