बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कुलमानको बिदाइमा कर्मचारीले भने- फेरि स्वागत गर्न पाइयोस्

कुलमानको बिदाइमा कर्मचारीले भने- फेरि स्वागत गर्न पाइयोस्

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीहरूले बिदाइ गरेका छन्।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीहरूले बिदाइ गरेका छन्।

कर्मचारीहरूले आज प्राधिकरणको कार्यालयमा आयोजना गरेको कार्यक्रममा घिसिङको औपचारिक बिदाइ गरेका हुन्।

कार्यक्रममा प्राधिकरण ट्रेड युनियनका अध्यक्ष रामेश्वर पौडेलले घिसिङको नेतृत्वमा प्राधिकरणको कायापलट भएको बताए। उनले भने, ‘आज बिदाइ गरे पनि छिट्टै फेरि स्वागत गर्न पाइयोस्।’

२९ भदौमा कुलमानको चार वर्षे कार्यकाल सकिएको थियो। उनको पुनर्नियुक्तिको लागि चौतर्फी माग उठे पनि सरकारले कुनै निर्णय गरेको छैन।

कुलमानको नेतत्वमा नेपाल विद्युत् प्राधिकरण सार्वजनिक संस्थानमध्ये सर्वाधिक कमाउने संस्था बनेको छ।

गत आवमा मात्रै प्राधिकरणले ११ अर्ब रुपैयाँ नाफा कमाएको छ। कुलमान नेतत्वमा आउनुअघि वार्षिक ८ अर्ब बढी घाटा थियो भने मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो।

बिदाइ कार्यक्रममा बोल्दै घिसिङले आफूलाई साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे। उनले भने, ‘मेरो कार्यकालमा ट्रेड यूनियनको भूमिका महत्वपूर्ण रह्यो, सबै साथी, सहकर्मीप्रति आभारी छु।’

समारोहमा घिसिङले आफूलाई विश्वास गरेर नियुक्त गर्ने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र ऊर्जामन्त्री जनार्दन शर्मालाई पनि धन्यबाद दिए।उनले आफू ऊर्जा क्षेत्रमै रहेर अगाडि बढ्ने प्रतिबद्धता पनि जनाए। 

 

प्रकाशित: Sep 15, 2020| 15:12 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्