बिहीबार, भदौ २५, २०८३

जगदम्बा स्टिलको टीएमटी छड बिक्रीमा रोक

सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको छड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारबाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

बारा– सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको छड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारबाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ।

विभागले जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको र छड न्यून गुणस्तरको भएकोले कारबाही गरेको हो।

छडमा कैफियत देखिएकाले गुणस्तरको सुनिश्चिता नभएसम्म उत्पादन र बिक्री नगर्न लिखित पत्रसमेत पठाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।

न्यून गुणस्तर भएको १६ एमएमको टीएमटी बारफी ५०० छड उत्पादनमा रोक लगाइएको उनले बताए।

गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका प्रमुख शशीभूषण यादवले विगत एक वर्षमा मकवानपुर, बारा, पर्सा र रौतहटका दुई दर्जनभन्दा बढी नापतौलमा अनियमितता गर्ने उद्योग र पेट्रालियम पदार्थ बिक्री गर्ने व्यवसायीलाई कारबाही र जरिवाना गर्नुका साथै अदालतमा मुद्दा दायर गरेको जानकारी दिए।

रासस

प्रकाशित: Sep 15, 2020| 14:30 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्