शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फेवातालसम्बन्धी विस्तृत अध्ययन प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण

फेवातालसम्बन्धी विस्तृत अध्ययन प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण

पोखरा- पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

पोखरा- पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ।

उक्त अध्ययन प्रतिवेदन सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन्।

फेवातालको एतिहासिक पृष्ठभूमिदेखि वर्तमान अवस्थितिलाई प्रतिवेदनमा समेटिएको छ भने फेवाताल सम्बन्धी मापदण्ड क्षेत्रमा पर्ने जग्गाको विवरण, भौतिक संरचना र अनुमानित मुआब्जालाई समेत प्रतिवदेनमा उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतको फेवाताल सम्बन्धी फैसला कार्यान्वयन तथा फेवातालको दीर्घकालीन संरक्षणका लागि पोखरा महानगरपालिकाले उक्त अध्ययन प्रतिवेदन तयार पारेको हो।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, नापी कार्यालय कास्कीका प्रमुख खिमराज गौतम लगायतको उपस्थिति थियो ।

प्रकाशित: Sep 15, 2020| 12:29 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।