हेटौंडा- मकवानपुरमा एक महिने शिशुसहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
संक्रमितहरु हेटौंडा उपमहानगर–४ का एक महिनाको शिशुसहित १५ जना र मनहरी गाउँपालिकाका एक पुरुष रहेका छन् ।
