शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लक्षण नदेखिए स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण नगरिने

लक्षण नदेखिए स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण नगरिने

अब उपचारमा खटिने चिकित्सक, नर्स, प्रयोगशाला तथा सरसरफाइ कर्मचारीमा कुनै लक्षण देखिए वा ब्यक्तिगत सुरक्षा सामग्री उपयुक्त ढंगले नलगाएको शंका लागेमा मात्रै पीसीआर परीक्षण गरिनेछ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोगको परीक्षणका सम्बन्धमा नयाँ मापदण्ड लागू गर्ने भएको छ।

उक्त मापदण्डअनुसार अब लक्षण नदेखिए अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको समेत कोरोना परीक्षण गरिने छैन्।

मन्त्रालय मातहत रहेको इन्सिडेन्ट कमान्ड सिस्टमको भदौ २८ गते बसेको बैठकले लक्षण देखिएका व्यक्तिहरुको मात्रै कोरोना परीक्षण गर्ने निर्णय गरेको हो।

कमान्ड सिस्टमको निर्णयको बुँदा नम्वर ५ मा उपचारमा खटिने चिकित्सक, नर्स, प्रयोगशाला तथा सरसरफाई कर्मचारीमा कुनै लक्षण देखिए वा ब्यक्तिगत सुरक्षा सामग्री उपयुक्त ढंगले नलगाएको शंका लागेमा मात्रै पीसीआर परीक्षण गर्ने उल्लेख गरिएको छ।

साथै रोग प्रतिरोधी क्षमतासम्बन्धी समस्या भएका व्यक्तिलाई मात्रै पीसीआर परीक्षण गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार निर्णय कार्यान्वयनका लागि कमान्ड सिस्टमले क्याबिनेटमा पत्र पठाउने तयारी गरेको छ।

बैठकले अबदेखि कोरोना संक्रमित विपन्न नागरिकको उपचार नि:शुल्क गर्ने र अन्यको उपचार अफ्नै खर्चमा गर्ने निर्णयको प्रस्ताव क्याबिनेटमा लैजाने तयारी गरेको छ।

मन्त्रालयका प्रवक्ता डा‍. गौतम भने यो विषय अझै छलफलका क्रममा रहेको बताउँछन्। ‘हाल छलफलकै क्रममा रहेकाले मन्त्रिपरिषदबाट निर्णय भएपछि मात्र यो लागू हुने हो', उनले भने।

उक्त निर्णय लागू भएपछि विपन्न बाहेक अन्यले आफ्नै खर्चमा उपचार गर्नुपर्ने छ ।

यसअघि सरकारले तोकेका अस्पतालमा सबै कोरोना संक्रमितको उपचार खर्च ब्यहोर्दै आएको छ। सरकारले विपन्न नागरिकका लागि कडा खालका रोगको उपचार खर्च ब्यहोर्दै आएको छ।

प्रकाशित: Sep 15, 2020| 10:50 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।