शुक्रबार, भदौ १२, २०८३

६ वर्षपछि दुई जना बलात्कारी पक्राउ

सामूहिक बलात्का मुद्दाका फरार भएका दुई जनालाई प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

कञ्चनपुर । सामूहिक बलात्का मुद्दाका फरार भएका दुई जनालाई प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको प्रहरी टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका ११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापाका अनुसार स्थानीय युवतीलाई जबर्जस्ती करणीपछि दुवै जना विसं २०७१ फागुन देखि फरार थिए ।

कञ्चनपुर जिल्ला अदालतले दुवै जनालाई विसं २०७२ असार २८ गते जनही ११/११ वर्षको कैद सजाय तोकेको थियो । घरमै रहेका बेला दुवै जना पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ ।

प्रकाशित: Sep 15, 2020| 10:43 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।