शुक्रबार, भदौ १२, २०८३

विद्युतको पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

पर्वत- नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो ।

बाग्लुङ नगरपालिका–१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

अवरुद्ध भएको विद्युत् लाइन मर्मतका लागि शर्मा साँझ साढे ७ बजे पोलमा चढेका थिए । उनलाई करेन्ट भने नलागेको वितरण कन्द्रले जनाएको छ ।

मृतक शर्मा नेपाल विद्युत् प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए । शव परीक्षणका लागि पर्वत अस्पतालको शवगृहमा राखिएको छ ।

आज (मंगलबार) परीक्षण गरेर परिवारलाई बुझाइने प्रहरीले जनाएको छ । रासस

प्रकाशित: Sep 15, 2020| 08:20 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।