शुक्रबार, भदौ १२, २०८३

कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं- काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा आगामी तीन दिन झरीसँगै भारी वर्षा हुने भएको छ ।

मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिणतर्फ रहेका कारण आगामी तीन दिनसम्म झरीसँगै ठाउँ ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा भईरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार झापामा पछिल्लो १२ घण्टामा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

यस्तै पछिल्लो १२ घण्टामा पोखरा, चितवन र धादिङमा पनि एक सय मिलिमिटरभन्दा बढि वर्षा भएको उनले जानकारी दिइन् ।

आज काठमाडौं उपत्यका आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना छ । प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने हल्का वर्षाको मात्रै सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनसम्म प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित: Sep 15, 2020| 07:46 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।