काठमाडौं- गएको रातिदेखि झापाको चन्द्रगढी र आसपासका क्षेत्रमा अति ठूलो वर्षा भएकाले ती क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान विभागले सचेत गराएको छ।
अहिले बिहान बाढी अलर्ट जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले भनेको छ, 'पछिल्लो ३ घण्टामा झापाको चन्द्रगढी र आसपासका क्षेत्रमा अति ठूलो वर्षा भएको छ। इलामको मैनाचुली लगायत झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास मध्यम र ठूलो वर्षा भएको छ।
मेची, विरिङ, निन्दा लगायत उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्छ। १२ बजेसम्म सतर्क रहौं।'
