शुक्रबार, भदौ १२, २०८३

वामदेव गौतम राष्ट्रियसभा सदस्यका लागि सिफारिस

काठमाडौं– सरकारले राष्ट्रियसभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं– सरकारले राष्ट्रियसभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई सिफारिस गर्ने निर्णय गरेको श्रममन्त्री रामेश्वरराय यादवले जानकारी दिए।

१८ भदौमा बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त पदमा गौतमलाई मन्त्रिपरिषद् बैठकले सिफारिस गर्ने जानकारी गराएका थिए। डा. युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरिएको हो।

मन्त्रिपरिषद्को सिफारिससँगै अब गौतमलाई राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नेछिन्।

त्यस्तै आजको मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिएको मन्त्री रायले जानकारी दिए।

प्रकाशित: Sep 14, 2020| 21:05 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।