शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा बनाउन प्रज्ञा-प्रतिष्ठानको ध्यानाकर्षण

इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा बनाउन प्रज्ञा-प्रतिष्ठानको ध्यानाकर्षण

नेपाल प्रज्ञा प्रतिष्ठानले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका तर्फबाट सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई आज भेटी ध्यानाकर्षण पत्र बुझाएका हुन्।

प्रतिष्ठानले यसअघि पनि इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा बनाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो। यसअघि कुलपति गंगाप्रसाद उप्रेतीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर देवनागरी लिपिमा नम्बर प्लेट छाप्न आग्रह गरेका थिए।

आज मन्त्री नेम्वाङको ध्यानाकर्षण गराउँदै सदस्य सचिव उपाध्याय र प्राज्ञ पौडेलले नेपालको संविधानमा देवनागरी लिपिको नेपाली भाषा सरकारी कामकाजको भाषा हुने स्पष्ट उल्लेख हुँदाहुँदै सोको बर्खिलाप हुने गरी विगतमा रोमन लिपिको अङ्ग्रेजी भाषामा नं. प्लेट राख्ने निर्णय हुनु उचित नभएको बेहोरा जानकारी गराएका थिए।

नेपाल सरकारको निर्णयनुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनहरूमा रोमन लिपिको अङ्ग्रेजी भाषामा इम्बोस्ड नं. प्लेट राख्न सुरु गरिएको हो।

अङ्ग्रेजी भाषा मात्र प्रयोग गर्दा सर्वसाधारणलाई नम्बर प्लेटको अङ्क र अक्षर पढ्न र बुझ्न कठिन हुने, दुर्घटना हुँदा दुर्घटना गराउने सम्बद्ध चालक र सवारी साधनले सहजै उन्मुक्ति पाउन सक्ने र पीडित नागरिकहरूले न्याय नपाउने सम्भावना बढी हुने प्रतिष्ठानको ठहर छ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री नेम्वाङले आफूले यातायात व्यवस्था विभागका महानिर्देशकलाई कानुनी प्रक्रिया पूरा गरी ऐनमा संशोधन गर्नुपर्ने भए सो प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको बताए।

प्रकाशित: Sep 14, 2020| 20:30 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।