काठमाडौं- सामूहिक जबरजस्ती करणी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीको टोलीले आज उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका ११ का ३० वर्षीय चन्नु राना र २६ वर्षीय अनिल राना रहेका छन्।
५ फागुन २०७१ देखि उनीहरु फरार रहेका थिए। सामूहिक करणी मुद्दामा कञ्चनपुर जिल्ला अदालतले २८ असार २०७२ मा दुबैलाई ११ वर्ष कैद सजाय तोकेको थियो।
पक्राउ परेका उनीहरुलाई अदालतमा उपस्थित गराएर फैसला कार्यान्वयनका लागि जिल्ला कारागार पठाइएको छ।
