शुक्रबार, भदौ १२, २०८३

उपत्यकामा मात्रै १२ हजार संक्रमित

उपत्यकामा कोरोना संक्रमितको सङख्या १२ हजार पुगेको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं- उपत्यकामा कोरोना संक्रमितको सङख्या १२ हजार पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा संक्रमण पुष्टि भएको बताए।

देशभरमा अहिलेसम्म कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। तीमध्ये १० हजार संक्रमित काठमाडौ जिल्लाका छन्। काठमाडौं जिल्लामा महिला तीन हजार ३०२ र पुरुष ६ हजार ७२४ जना छन्।

यस्तै ललितपुरमा एक हजार १९१ जनामा ५४१ महिला र ६५० पुरुष तथा भक्तपुरमा एक हजार ३१ जना संक्रमितमा ४२८ जना महिला र ६०३ पुरुष छन्।

पछिल्लो पटक बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकामा संक्रमितको संख्या बढ्न थालेको हो। अहिले दैनिक ४०० को हाराहारीमा उपत्यकामा संक्रमित बढ्न थालेका छन्।

आजैमात्र उपत्यकामा ५१२ जना संक्रमित फेला परेका छन्। काठमाडौमा ४८०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना सङक्रमित फेला परेका छन्।

१८ जिल्लामा एक हजार भन्दा बढी संक्रमित

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखका अनुसार एक हजार भन्दा बढी संक्रमित हुने जिल्ला उपत्यकासहित १८ वटा छन्।

काठमाडौ जिल्लापछि पर्सामा सबैभन्दा बढी संक्रमित देखिएका छन्। पर्सामा २ हजार ५४४, सर्लाहीमा २ हजार २७९, मोरङमा दुई हजार २६७, रौतहटमा २ हजार ९, कैलालीमा एक हजार ९९०, धनुषामा एक हजार ९०३ र रुपन्देहीमा १ हजार ७८४ जनामा संक्रमण देखिएको छ।

यस्तै बाँकेमा १ हजार ४५०, महोत्तरीमा एक हजार ४२३, चितवनमा १ हजार ३४४, सुनसरीमा १ हजार ३१६, कपिलवस्तुमा एक हजार २७७, बारामा १ हजार २३७, दैलेखमा १ हजार ९९ र डोटीमा १ हजार २० जना रहेका छन्। नेपालमा अहिलेसम्म कुल ३९ हजार ५७६ जना डिस्चार्ज भएका छन्। रासस

प्रकाशित: Sep 14, 2020| 19:50 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।