शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निजी प्रयोगशालाले भने- २ हजारमा पीसीआर गर्न सक्दैनौँ

निजी प्रयोगशालाले भने- २ हजारमा पीसीआर गर्न सक्दैनौँ

निजी प्रयोगशाला सञ्चालकहरुले सरकारले तोकेको २ हजार रुपैयाँमा कोरोनाको पीसीआर परीक्षण गर्न नसक्ने जनाएका छन्।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं- निजी प्रयोगशाला सञ्चालकहरुले सरकारले तोकेको २ हजार रुपैयाँमा कोरोनाको पीसीआर परीक्षण गर्न नसक्ने जनाएका छन्।

मन्त्रालयले आइतबार सूचना जारी गर्दै निजी तथा सरकारी प्रयोगशालामा आरटी पीसीआर परीक्षण शुल्क ४ हजार ४ सयबाट घटाएर अधिकतम २ हजार रुपैयाँ तोकेको थियो।

मन्त्रालयले रिएजेन्ट तथा किटको मूल्य घटेको भन्दै २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो।

निजी प्रयोगशाला सञ्चालकले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै २ हजारमा परीक्षण गर्न नसक्ने जनाएका छन्।

पीसीआर परीक्षणको लागि आवश्यक पर्ने रिएजेन्ट, किट, मेसिन, प्राविधिक व्यक्तिहरुको तलब, पीपीईलगायत अन्य आवश्यक सामग्रीको मूल्य २ हजारभन्दा बढी पर्न आउने भएकाले उक्त मूल्यमा परीक्षण गर्न नसक्ने निजी प्रयाेगशाला सञ्चालकहरुले बुझाएकाे ज्ञापन पत्रमा उल्लेख छ।

कोभिड- १९ को परीक्षण गर्ने उपत्यकामा १३ वटा निजी प्रयोगशाला सञ्चालकहरुले सोमबार स्वास्थ्य सचिव लक्ष्मण अर्याल, प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल र कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) प्रमुख डा. गुणराज लोहनीलाई भेटेर नयाँ मूल्यमा सेवा दिन नसक्ने बताएका हुन्।

सरकारले भनेअनुसार २ हजारमा परीक्षण गरेर गुणस्तरीय र विश्वसनीय नतिजा दिन नसक्ने निजी प्रयोगशालाहरुको भनाइ छ।

प्रकाशित: Sep 14, 2020| 19:05 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।