शुक्रबार, भदौ १२, २०८३

सैनिक प्रवक्ता पौडेलको लेख सर्वोत्कृष्ट

नेपाली सेनाले प्रकाशित गर्ने सैनिक जर्नलमा प्रवक्ता सन्तोष बल्लभ पौडेलले लेखेको लेख सर्वोत्कृष्ट भएको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं- नेपाली सेनाले प्रकाशित गर्ने सैनिक जर्नलमा प्रवक्ता सन्तोष बल्लभ पौडेलले लेखेको लेख सर्वोत्कृष्ट भएको छ।

सिपाही वार्षिक र शिवपुरी जर्नलमा प्रकाशित लेखहरुमध्ये २०७६ मा सहायक रथी पौडेलको लेख सर्वोत्कृष्ट बनेको हो।

उनले नगद ५० हजार पुरस्कार र कदर पत्र प्राप्त गरेका छन्। त्यस्तै दोस्रो प्रमुख सेनानी अनिलकुमार बुढाथोकी भएका छन्। तेस्रो प्रमुख सेनानी सुधिरप्रताप सिंह भएका छन्। उनीहरुले क्रमशः नगद ३५ हजार र २५ हजार पुरस्कार र कदर पत्र प्राप्त गरे।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जङ्गी अड्डामा आयोजित कार्यक्रममा उत्कृष्ट लेखकहरुलाई पुरस्कार प्रदान गरे। यस्तै ७ जना लेखकहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही १० हजार र कदर पत्र प्रदान गरिएको छ।

लेख रचनाहरुको मुल्यांकन गर्ने सैनिक विज्ञ तथा सैनिकलाई समेत कदर पत्र प्रदान गरिएको छ।

नेपाली सेनाले रणनैतिक र सैनिक महत्वका विषयहरुमा लेख रचना लेख्न प्रेरित गर्दै प्रत्येक वर्ष प्रकाशन गरिने यी जर्नलहरुले अधिकृतहरुको वौद्धिक विकासका साथै नेपाली सेनाको संस्थागत विकासमा योगदान पुर्याउदै आएको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: Sep 14, 2020| 18:45 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।