शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिद्धान्तमा सम्झौता नगर्न केन्द्रीय सदस्यहरूलाई कमल थापाको आग्रह

सिद्धान्तमा सम्झौता नगर्न केन्द्रीय सदस्यहरूलाई कमल थापाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीका केन्द्रीय सदस्यहरूलाई सिद्धान्तमा सम्झौता नगर्न आग्रह गरेका छन्।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीका केन्द्रीय सदस्यहरूलाई सिद्धान्तमा सम्झौता नगर्न आग्रह गरेका छन्।

काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूसँग छलफल र अन्तक्र्रियाको निमित्त थापाले आज केन्द्रीय कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बोलाएका थिए।

भौतिक दूरी कायम राख्दै सञ्चालन गरिएको बैठकमा ७५ केन्द्रीय सदस्य सहभागी थिए।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिनेमा जोड दिए।

राप्रपाको पूँजी र जग भनेको सैद्धान्तिक पक्ष हो, त्यो पक्षलाई नजरअन्दाज गरी अगाडि बढे पार्टीको भविष्य संकटग्रस्त हुने भन्दै नेताहरूले पार्टीको सैद्धान्तिक मूल्यलाई एकतासँग जोडेर हेर्न नहुने धारणा राखेका थिए।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले राजसंस्था सहितको लोकतन्त्र, सनातन हिन्दूराष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित सम्बद्र्धनवादको विचारलाई स्थापित गर्नको निमित्त सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताए।

राप्रपाले बोकेको मान्यतालाई कमजोर हुन नदिन नेतृत्वको तर्फबाट आफूले खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने भन्दै थापाले आगामी निर्वाचनलाई केन्द्रमा राखेर सांगठनिक गतिविधि गर्न निर्देशनसमेत दिए।

बैठकमा पार्टीका नेता दिपक बोहोरा, बुद्धिमान तामाङ, राजीव पराजुली, राजेन्द्र लिङदेन, निरञ्जन थापा, भास्कर भद्रा, चन्द्रबहादुर गुरुङ लगायतको उपस्थिति रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित: Sep 14, 2020| 18:25 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।