काठमाडौं– हिजो (आइतबार) दुर्घटनामा परी घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारीलाई थप उपचारका लागि आज काठमाडौं ल्याइएको छ।
नेपाल क्रिकेट संघ(क्यान)का अनुसार अहिले उनलाई थप उपचारका लागि काठमाडौंको ग्राण्डी सिटी अस्पतालमा राखिएको छ।
राष्ट्रिय क्रिकेट टोलीका सदस्य भण्डारी आइतबार कञ्चनपुरस्थित झलारीमा मोटरसाइकल दुर्घटनामा परेका थिए ।
उनलाई धनगढीस्थित निःसर्ग अस्पतालमा सामान्य उपचार पश्चात् हिजो राति नै बाँकेस्थित नेपालगन्ज मेडिकल कलेजमा रिफर गरी थप उपचार गरिएको थियो।
क्यानले उनको उपचारको लागि समन्वय र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको छ।
