शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पुर्पक्षका लागि जेल चलान

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पुर्पक्षका लागि जेल चलान

काठमाडौं– म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पुर्पक्षका लागि जेल चलान भएका छन्।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं– म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पुर्पक्षका लागि जेल चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतको आदेशले उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिए।

ग्यालजेन दोर्जे तामाङलाई न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

उक्त आरोपमै पक्राउ परेका मध्ये ३ जना १५–१५ हजार धरौटी तिरेर तारेखमा छुटेका छन् भने ५ जनालाई साधारण तारेखमा छाडिएको छ।

२४ भदौमा ९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। ‘मंगोल होप अफिसियल’ नामक युट्युव च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो गीत सार्वजनिक गरिएको थियो।

उक्त गीतमा सामाजिक सदभाव खलबलाउने हिसाबले शब्दहरु पनि राखिएका थिए।

 

प्रकाशित: Sep 14, 2020| 17:43 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।