शुक्रबार, भदौ १२, २०८३

७० परिवारलाई लायन्स क्लबको राहत

लायन्स क्लब अन्तर्राष्ट्रिय एटुले कोभिड–१९ को महामारीका कारण समस्यामा परेका विपन्न वर्गका मानिसलाई बालकोटमा राहत वितरण गरेको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

भक्तपुर– लायन्स क्लब अन्तर्राष्ट्रिय एटुले कोभिड–१९ को महामारीका कारण समस्यामा परेका विपन्न वर्गका मानिसलाई बालकोटमा राहत वितरण गरेको छ।

क्लबले ७० परिवारलाई सोमबार बिहान राहत वितरण गरेको हो।

राहतमा १२ किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा किलो चिनी, आधा लिटर खाने तेल, आधा किलो न्यूट्रेला र २ वटा हात धुने साबुन वितरण गरिएको हो।

राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै डिस्ट्रिक गभर्नर डा. सुशीला मल्लले विपन्नको चुलो बाल्न लायन्स क्लब तयार रहेको बताइन्। उनले अप्ठेरो अवस्थामा रहेका जोकोहीलाई लायन्सको सम्पर्कमा आउन आग्रह पनि गरिन्।

कार्यक्रममा चिफ एरिया को–अर्डिनेटर गोपाल पौड्यालले लायन्सले विभिन्न स्थानमा राहत दिइरहेको बताए। उनले भने, ‘यो ठूलो सहयोग होइन् तर, यो विपदमा यहाँहरूलाई केही न केही राहत होला भन्ने आश गरेका छौं।’

स्थानीय पूर्वेली टोल समितिका सचिव यज्ञराज घिमिरेले लायन्सको समाज सेवाको प्रशंसा गर्दै आफ्नो टोलमा आएर विपन्न वर्गलाई सहयोग गरेकोमा क्लबप्रति आभार प्रकट गरे। उनले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्न टोल समिति तयार रहेको पनि बताए।

कार्यक्रममा ‘क्लस्टर चिफ’ फडिन्द्र पौडेल, डिस्ट्रिक सेक्रेटरी उत्तम झा, ट्रेजर डा. कमल कायस्थ, लायन चन्द्र ढकाललगायत लायन्स लिडरको उपस्थिति थियो।

लायन्स क्बल अन्तर्राष्ट्रिय एटुले कोभिड–१९ को महामारीका कारण समस्यामा परेकाहरूको लागि ‘फुड बैंक’ पनि स्थापना गरेको छ। यसमार्फत करिब पाँच हजार परिवारलाई राहत उपलब्ध गराइने जनाइएको छ।

६ वटा क्लस्टर अन्तर्गत अलगअलग स्थानमा यो कार्यक्रम सञ्चालन भइरहेको छ।

प्रकाशित: Sep 14, 2020| 17:42 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।