शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसिडपीडितको लागि आवाज उठाउने थापालाई अमिताभ बच्चनको स्याबासी

एसिडपीडितको लागि आवाज उठाउने थापालाई अमिताभ बच्चनको स्याबासी

एसिड पीडितको हकहितको लागि आवाज उठाइरहेका उज्जवल बिक्रम थापालाई भारतीय अभिनेता अमिताभ बच्चनले स्याबासी दिएका छन्।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं– एसिडपीडितको हकहितको लागि आवाज उठाइरहेका उज्जवलविक्रम थापालाई भारतीय अभिनेता अमिताभ बच्चनले स्याबासी दिएका छन्।

सोमबार ट्वीट गर्दै अमिताभले सेरवुड कलेजलाई समेत गर्व लाग्ने काम गरेको बताएका हुन्।

थापा भारतको सेरवुड कलेजका पूर्वविद्यार्थी हुन्। अमिताभले आफ्नो कलेज र नेपालीलाई गर्व लाग्ने काम गरेकोमा थापालाई बधाई पनि दिएका छन्।

थापा लामो समयदेखि एसिड आक्रमणमा परेकाहरूको हकहितका लागि लडिरहेका छन्।

एसिड पीडित र अभियन्तासँगको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि अध्यादेशमार्फत कडा कानुन ल्याउने प्रतिबद्धता जनाएका छन्। सरकारले कानुन ल्याउने तयारी गरेको छ।

प्रकाशित: Sep 14, 2020| 17:24 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।